"Dreamer's Qualification" A book that every visionary must read.
Open mobile app


Word and Life ChurchCustomer service
Hello! Need help? Don’t worry, I’ve got you. Please Message us on Whatsapp.
हरेक ईश्वरीय बोलावट पूरा गर्नको लागि अग्रिम तयारी आवश्यक हुन्छ, र त्यो तयारी प्रायः संकष्टको ऋतुमा हुन्छ । एकदिन म योसेफको जीवनको बारेमा मनन गर्दै थिएँ, तब मेरो आत्मामा यसो भनिरहेको एउटा मधुर आवाज मैले सुनेँ – ईश्वरीय ‘सपना देख्ने व्यक्तिको योग्यता’ के हो? योसेफ एक ईश्वरीय सपना देख्ने व्यक्ति थिए । तर उनले मानिसहरुबाट धोका पाए, सबै किसिमका चोटहरु पाए, दासत्वमा परे, झ्यालखानामा पनि परे, तर यी सबै कुराको बावजुद पनि उनी चिल जस्तै उचाईमा उड्न सफल भए । अन्नतः आफू दासत्वमा परेको मिश्र देशमाथि नै अधिकार गर्ने व्यक्ति भए । उनको खाडलदेखि राजमहलसम्मको यात्राले यही कुरालाई दर्शाउँछ कि, परमेश्वरसँग कुरुप कुरालाई पनि अत्यन्तै सुन्दर कुरामा परिणत गर्ने, र जस्तोसुकै संकष्टलाई पनि विजयमा परिणत गर्ने महान शक्ति छ ।
‘सपना देख्ने व्यक्तिको योग्यता’ पुस्तकले तपाईलाई परमेश्वरको सपना र दर्शन बोक्ने महान व्यक्ति बन्दै जानको निम्ति मार्गदर्शन प्रदान गर्नेछ । १३ वर्षसम्मको लामो उतार–चढावले भरिएको योसेफको जीवनको यात्रामा हामी परमेश्वरको महान र शक्तिशाली हातलाई देख्न सक्छौँ, उहाँले योसेफको जीवनमा आएका विभिन्न ऋतुहरुलाई यसरी रुपान्तरण गर्नुभयोः
यशैया अगमवक्ताले यसरी घोषणा गर्नुहुन्छ, “खरानीको सट्टा सुन्दरताको मुकुट, र शोकको सट्टा आनन्दको तेल लगाइदिन, निराश मनको सट्टा प्रशंसाको पोशाक पहिराइदिन (यशैया ६१ः३) । जब हामीले जीवनमा पाएका चोटहरुलाई परमेश्वरमा समर्पण गर्छौं, उहाँले तिनलाई सुन्दर र शक्तिशाली गवाहीमा परिणत गर्नुहुन्छ, जसले उहाँको महिमा हुनेछ । यस विश्वासको मार्गमा अगाडि बढ्दै जाँदा योसेफ तपाईको जीवनको मार्गदर्शक बनून् । मेरो प्रार्थना यही छ कि, यस पुस्तकले तपाईलाई जस्तोसुकै परिस्थितिमाथि पनि विजयी हुन, ईश्वरीय सपनालाई अँगाल्न र सम्हाल्न, र त्यस सपनालाई पूरा गर्न चाहिने ज्ञान, वचन, र शक्तिले सुसज्जित पारेको होस् । आमेन ।
"Dreamer's Qualification" A book that every visionary must read.
Hello! Need help? Don’t worry, I’ve got you. Please Message us on Whatsapp.